‘कानुनतः ६० जनासम्म मन्त्री बनाउन सकिन्छ, अझै थप्न मिल्छ’ : प्रधानमन्त्री देउवा

By | September 22, 2017

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवैले नेपालको आपसी सम्बन्धको समस्या राम्ररी बुझेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवले कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै त्यस्तो धारणा व्यक्त गर्नुभएको हो । विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरतसंगको को अन्तक्रियामा उहाँले भन्नुभयो, ‘भारत र चीन दुवै हाम्रा छिमेकी मित्र राष्ट्र हुन् । नेपालले दुवैसँग मित्रबत सम्बन्ध राखेर अघि बढिरेहेको छ र बढ्नुपर्छ ।

हाम्रो समस्या उनीहरु दुवैलाई राम्ररी जानकारी छ । सायद उनीहरु एक आपसमा पनि कुराकानी गर्लान नेपालको समस्या बारेमा भन्ने मलाई लाग्छ ।’ भारत र चीनको चपेटामा नेपाल परेको हो भन्ने जिज्ञासामा उहाँले पुन स्पष्ट पार्दै भन्नु हामीले कसैको पक्ष लिदैनौं र नेपाल अहिलेसम्म कसैको अधिनमा नपरेको मुलुक हो त्यसैले यहाँ चपेटा पर्ने भन्ने नै हुँदैन ।

भारत र चीनको समस्या पर्दा समेत नेपालले आपसी समस्या छलफलबाट समाधान गर्न दुवै मुलुकलाई आग्रह गरेको खुलाउँदै भन्नुभयो ‘हामी असंलग्न परराष्ट्र नीति अंगालेर अघि बढेका छौं । त्यसैले समस्या समाधानको लागि आग्रह गर्न सक्छौं । तर, कसैको पक्षमा हामी लविङ गर्दैनौं । अन्यको त्यस्तो प्रकारको कुनै दबाब पनि हामी सहँदैनौं ।’ उदाउँदो दुई छिमेकबाट फाइदा लिने र विकास प्रक्रियामा अघि बढ्ने नीति सरकारको रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उनीहरुको चासोलाई ध्यानमा दिएर साझा धारणा विकास गरेर अघि बढ्न पर्ने बताए ।

अब राजनीनितक स्थायित्व कायम गर्दै विकास प्रक्रियामा नेपाल अघि बढ्न ढिलो गर्न नहुने भन्दै उहाँले भन्नुभयो ‘तत्काल हाम्रो ध्यान प्रदेश र संघको निर्वाचन सफल पार्ने र राजनीतिक स्थायित्व दिँदै विकास प्रक्रियामा अघि बढ्ने नै हो ।’ नेपाल अन्य राष्ट्रको अधीनमा नगए पनि मुलुक भित्रको जहाँनिया शासन, एकतन्त्रीय व्यवस्थाले सधैं थिचिएको बताए । त्यसका लागि नेपाली जनताले पटकपटक लडाईं गर्न परेको स्मरण गर्दै देउवाले भने, ‘नेपाल संघीय गणतान्त्रिक मुलुकको रुपमा स्थापित हुँदै गएको र त्यो लागूहुने क्रममा रहेको छ ।

सम्पन्न स्थानीय निर्वाचन पछिल्लो उदाहरण हो । अब अर्को निर्वाचन पछि हाम्रो सफलता स्पष्ट हुने छ ।’ प्रजातन्त्रको स्थापना पछि नै नेपालीले सर्वसुलभ ढंगले पासपोर्ट पाउन थालेको भन्दै प्रधानमन्त्रीले भने अहिले विश्वमा नेपालीहरु छरिएर रहेका छन् । त्यही नेपालीले कमाएर नेपाल पठाउने रेमिट्यान्सले पनि मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताउनुभयो । किन मन्त्रिपरिषद् ठूलो बनाएको भन्ने जिज्ञासामा प्रधानमन्त्रीले कानुनत: ६० जनासम्म मन्त्री बनाउन सक्ने अवस्थामा अहिले त्यसको नजिक मात्रै पुगेको बताउनुभयो ।

संख्यालाई होइन कामलाई हेर्न आवश्यक छ । मन्त्रिपरिषद् जम्बो बनाएको आलोचन सहितको समाचार बाहिर आएको छ । तर उहाँले त्यसलाई कानुनमा जोडर घटाउने भन्दा अझ थप्न मिल्ने बताउँदै आफू कानुनसम्मत अघि बढेको बताउनुभयो । म्यानमारबाट रोहिंग्यलाई नेपालले लिन सक्दैन प्रधानमन्त्री देउवाले नेपाल लामो समयदेखि शरणार्थी समस्या रहेकोले त्यो पूर्ण सकिन अझै समय लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, रोहिंग्यको विषयमा नेपाल स्पष्ट छ ‘हामीले अहिले उनीहरुलाई शरणार्थीको रुपमा लिनै सक्दैनौं ।’

उनीहरुले न्यायका लागि अन्तर्रा्ष्टि्रय पहलमा नेपालको साथ रहने छ । नेपालमा तिब्बती त्यो सकिन नपाउँदै भुटानी शरणार्थी र अन्य विभिन्न मुलुकका असाइलम सिकर्सहरु छन् । मानवीय पक्ष र आफ्नो अवस्था दुवै हेर्ने नेपालले अहिले भने यो विषयमा कडा रुपमा देखा परेको हो । म्यानमारको शासकले यो विषय बुझ्न जरुरी छ । लाखौं मानिस विदेसिन पर्ने अवस्था किन आयो त्यसमा सरकार नै सचेत हुन जरुरी छ । प्रधानमन्त्री भेटघाटमा व्यस्त प्रधानमन्त्री देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा सार्क क्षेत्रका समस्या र सम्भावनाका बारेमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले नेपालको आनन्दकुटी विहार र मच्छिन्द्रनाथको मन्दिर पुन:निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति असर्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तार, सार्क क्षेत्रका समस्याका साथै क्षेत्रीय सम्बन्ध विस्तार, व्यापार, ऊर्जा लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो । संयुक्त राष्ट्र संघको ७२औँ महासभालाई प्रधानमन्त्री देउवाले भोली सम्बोधन गर्ने कार्यक्रम छ ।