काठमाण्डौ ल्याइदै गरेका मरेको खसीबोका नियन्त्रणमा | दैनिक जसो यस्तै मरेका खसीबोका डिकीमा भेटिन्छन

By | September 22, 2017

काठमाडौं,०६ असोज । मरेको खसीबोका बोक्ने गाडी प्रहरीले नियन्त्रणमा लिएको छ | काठमाडौको लागी नेपालगञ्जबाट मरेको २८ वटा खसीबोका बोक्ने यात्रुबाहक बस प्रहरीले नियन्त्रणमा लिएको हो |

नागढुंगाबाट पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको टोलीले मरेको खसीबोका बोक्ने गाडी नियन्त्रणमा लिएको हो | बसको डिकीमा राखिराखेको मरेका खसीबोका निकालिएको हो |


फोटो:जनाता समचार
बसका ल्याइएको ४१ वटा खसीबोका मध्ये २८ वटा मृत अवस्थामा रहेको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषीराम थापाले बताउनुभयो ।


फोटो:जनाता समचार
(जनातासमचारडटकमको सहयोगमा)

र यो पनि पढ्नुहोस्
काठमाडौं । नागढुंगाबाट २८ वटा मृत खसीबोका बरामद गरिएको छ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वमा अनुगमनमा खटिएको टोलीले काठमाडौँ भित्र्याईदै गरेका मृत खसीबोका बरामद गरेको हो ।

आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट मरेका खसीबोका बरामद गरेको प्रहरीले जनाएको छ ।

दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएका बेला मरेका खसी बरामद भएको हो । यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ । यसअघि पनि नागढुंगाबाट पटक-पटक यस्ता मरेका खसी बरामद हुने गरेका छन् ।