आज राति ८:४५ मा नेपालको पहिलो आइडल घोषणा हुदै (लाइभ भिडियो हेर्न सेयर गर्नुहोस्)

By | September 22, 2017

काठमाडौँ, असोज ६ – नेपालको चर्चित पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडलले आफ्नो ८ महिना लामो यात्रालाई आज औपचारीक रुपमा पूर्णविराम दिँदैछ । ‘प्रतिष्ठाको पहिलो आवाज’ खोज्दै देश दौडाहाबाट २०० बढी प्रतिभालाई छानेको थियो।


तिनै प्रतिभाहरुबाट निखारिंदै छानिएका अब्बल तीन प्रतियोगी (बुद्ध लामा, प्रताप दास र निशान भट्टराई) बाट एक जना आज नेपालले नेपालको पहिलो नेपाल आइडल बन्ने छ । कतारको दोहामा हुने फिनालीबाट अाज नेपालले राती ०८:४५ बजे नेपालको पहिलो नेपाल आइडल प्राप्त गर्दैछ। गत वर्षको माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको नेपाल आइडल यात्रा आज कतारको दोहास्थित सनाया स्टेडियममा हुने ग्रान्ड फिनालीसँगै अन्त्य हुँदैछ । जहाँ ३ फ़ाइनलिष्ट बुद्ध, प्रताप र निशानको धमाकेदार प्रस्तुती रहने छ।

यससंगै नेपाल आईडलका टप १२ प्रतियोगीको पनि प्रस्तुती रहने नेपाल आइडल टिमले पहिलेनै जानकारी गराएको थियो।

नेपाल आइडलको ग्रान्ड फिनालीको लाईभ बिगुल न्यूजबाट पनि हेर्न सक्नुहुनेछ।
भिडियो हेर्नुहोस्