प्रचण्डले हेटौँडा आएर भने : तेश्रो शक्तिशालि दल बन्न कसैले रोक्न सक्दैन

By | September 22, 2017


हेटौँडा,६ असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी केन्द्रलाई मुलुकको शक्तिशाली तेश्रो दल बन्नको लागि कसैलपनि रोक्न नसक्ने दाबी गरेका छन् । अव हुने प्रदेश र संघको निर्वाचनका माओवादी केन्द्र शक्तिशाली तेश्रो दल हुने समेत उनले ठोकुवा गरे ।
माओवादी पार्टी कार्यालय हेटौँडामा आज सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनलृ भने ः हामी अब पहिलो र दोश्रो दलभन्दा केहि कम मात्र पछि पर्नसक्छौ तर शक्तिशाली तेश्रो दल हुनेछौ । चौथो दलले हाम्रो वरपर आउने आँट गर्न सक्दैन् ।

उनले सरकार र राज्य संचालमा माओवादी केन्द्रको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे । नेपालको निर्वाचन पैसा हुनेहरुको लागि मात्र संभव भएको बताउँदै उनले यस्ता प्रकारको चुनावी प्रक्रियालाई राज्यले निरुत्साहित गर्नुपर्नेमा जोड दिए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्था हुनुपर्नेमा उनको जोड थियो ।