माओवादी नेता एकाएक किन पुगे एमालेको दैलोमा? यस्तो छ उथलपुथल पार्ने प्रस्ताव

By | September 22, 2017

kqsf/ ;Dd]ngdf cWoIf bfxfn
uf]/vfdf a’waf/ cfof]lht kqsf/ ;Dd]ngdf g]skf dfcf]afbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Únufot g]tfx? . dfcf]afbL s]Gb|n] uf]/vfdf k|lzIf0f sfo{qmd cfof]hgf u/]sf] 5 . t:jL/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

काठमाडौं । प्रदेश नम्बर दुईको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो शक्ति बन्ने देखिएपनि शुक्रबार नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नेकपा एमालेको सम्पर्कमा पुगेका छन् ।

मधेसमा दोस्रो शक्ति बन्ने लक्षण देखाइरहेको माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीको नेतृत्वमा गएको माओवादी टोलीले एमाले नेताहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनावबारे गम्भीर छलफल भएको स्रोतले बतायो ।

टोपबहादुर रायमाझीका साथमा माओवादी नेताहरु शक्ति बस्नेत, अग्नी सापकोटा लगायत नेताहरु थिए । उनीहरुले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीलाई सहयोग गर्न प्रस्ताव राखेको स्रोतको दाबी छ ।

‘आगामी चुनावमा हामीलाई जित्नको लागि मद्दत गर्नुस्,’ माओवादी नेताले एमालेसँग राखेको प्रस्तावलाई उद्धृत गर्दै स्रोतले भन्यो– ‘प्रादेशिक चुनावमा माओवादी जित्ने ठाउँमा एमालेबाट कमजोर उम्मेदवार उठाउनुस् । हामी कांग्रेसलाई हराउछौं ।’

माओवादी नेताहरुको यस्तो प्रस्तावपछि एमाले नेताहरु आश्चर्यमा परेका थिए । उनीहरुले पार्टीमा छलफल गरेर जवाफ दिने आश्वासन दिएका थिए । यसैबीच माओवादी यस्तो प्रस्ताव ल्याएकै बेला आजबाट एमालेको केन्द्रीय कमिटी बैठक पनि सुरु भएको छ । बैठकमा माओवादी प्रस्तावबारे छलफल हुने बताइएको छ ।