१२:२० बजेसम्म ५१ तहको मतपरिणाम सार्वजनिक, काग्रेस १७, माओवादी१० स्थानमा विजयी, एमाले पछिपछि हरायो

By | September 22, 2017

काठमाडौ । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ५१ तहको मतपरिणाम सार्वजनिक भएको छ । १३६ तहमध्ये एउटा तह बाहेक सबै तहमा यतिबेला मतगणना जारी छ । मत सार्वजानिक हुने क्रम जारी रहेको छ । प्राप्त नतिजा अनुसार कांग्रेसले आफ्नो अग्रता कायमै गरेको छ । त्यस्तै माओबादी केन्द्र दोस्रो र राजपा तेस्रो स्थानमा देखीएको छ । संघिय समाजबादी फोरम चौथो स्थानमा छ ।

यस्तै एमाले पाँचौ स्थानमा छ । अहिलेसम्म नेपाली कांग्रेस १७ स्थानीय तहमा विजयी भएको छ । उसले २४ स्थानमा अग्रता कायमै राखेको छ । माओबादी केन्द्र १० स्थानमा बिजयी भएको छ भने १३ स्थानमा अग्रता लिईरहेको छ । त्यस्तै राजपाले ८ स्थानमा जित निकाल्दा १३ स्थानमा अघि देखीएको छ ।

संघिय समाजबादी फोरम ७ र नेकपा एमालेले ६ स्थानमा जित निकालेका छन् । एमाले १३ स्थानमा अघि देखीएको छ भने फोरम १० स्थानमा अघि छ । लोकतान्त्रिक फोरम २, नेपाली जनता दल एक स्थानीय ठाउँमा विजयी भएका छन् ।