Category Archives: Aborad News

पाकिस्तानी सेनाको गोली लागी एक नेपाली गोर्खा सैनिकको मृत्यु

कश्मीरमा बगेको नेपाली रगत तीनजना गोर्खा सैनिक भारत अधिकृत कश्मीरमा गतहप्ता मारिएको समाचार सुन्दा उनीहरूका परिवारजन मात्रै होइन सबै नेपाली मर्माहत भएको हुनुपर्छ। गुल्मी भुर्तुङका डम्बरबहादुर पुन, कास्की मिजुरेडाँडाका गिरीश गुरुङ र पर्वत चुवाका रविन शर्मा कश्मीरको स्वशासनका लागि लडिरहेका योद्धाको निशानामा परेका हुन्। यी तीनै जना ४० भन्दा कम उमेरका र रविन त मात्रै… Read More »

श्रीमतीसँगको रिस अबोध बालिकामाथि पोख्दा…

आफ्नी श्रीमतीसँगको रिस ७ महिनाकी अबोध छोरीमाथि पोख्दा छोरीको ज्यान गएको छ । छोरीको मृत्यु भएपछि ती पिताले शवलाई गाडेर घटना लुकाउने प्रयाससमेत गरेको पाइएको छ । तर, शवलाई कुकुरले बाहिर निकालिदिएपछि घटनाको खुलासा भएको छ । आफ्नी छोरीलाई सुतिरहेको अवस्थामा छोडेर श्रीमती बाहिर गएको केही समयपछि छोरी उठेर रुँदा रिस उठेपछि भारतको उत्तर प्रदेशको… Read More »

यौन प्रस्ताव अस्वीकार गर्दा साइप्रसमा नेपाली महिलामाथि ‘एसीड’ प्रहार

साईप्रसमा घरधनिको शारिरीक यातनाबाट एक नेपाली महिला गम्भिर घाईते भएकी छिन । यौन प्रस्ताव अस्वीकार गरेपछि बुटवल घर भएकी एक महिला आफुले काम गर्दै आएको घरधनिको यातनाबाट घाईते भएकी हुन् । रोजगारीको शिलशिलामा साईप्रस आएकी उनी साईप्रसको पापोसमा घरेलु कामदारको रुपमा कार्यरत थिईन । घरधनिले पटक–पटक यौन दुव्र्यवहार गर्ने गरेको र प्रतिकार गर्दा हानीकारक पदाथ… Read More »

यस कारण पनि कतारलाई झुकाउन सक्दैनन् सम्बन्ध तोडेका मुलुकले

दुबई, जेठ ३० । विभिन्न खाडी मुलुकले कतारसँगको सम्बन्ध तोडे पनि उसलाई दीर्घकालिन रुपमा कसैले पनि झुकाउन सक्ने अवस्था छैन सानो मुलुक भएर पनि सम्पन्न मुलुकको सूचीमा रहेको कतारसँग प्राकृतिक ग्याँसको भण्डार नै छ । प्राकृतिक ग्यासको भण्डारकै कारण कतारले छोटो समयमा ठूलो आर्थिक वृद्धि हासिल गरेको हो भने कतारबाट निर्यात हुने प्राकृतिक ग्यास कयौं… Read More »

दक्षिण कोरियामा एक नेपालीलाई पर्यो रु ३० लाखको लोट्टो चिठटा

दक्षिण कोरियामा प्राय दुखद खबर सुन्नु पर्दा र हामिलाई लेख्नु पर्दा सार्है दुख लाग्छ जुन स्वाभविक हो । तर आज भने एउटा सुखद खबर छ । इपिएस प्रणाली अन्तर्गत रोजगारको सिलसिलामा २ बर्ष अगाडी कोरिया आउनु भएको मिलन विश्वकर्म लाई कोरियामा खोलिने नानुनको लोट्ट्री परेको छ । उहाले गत हप्त खोलिएको लोट्टोमा दोश्रो,तेस्रो,चौथो र पाचौ… Read More »

हिन्दू कानुनअनुसार एक रातसँगै सुत्नु विवाह होइन: मुम्बई उच्च अदालत

मुम्बई—विवाह र शारीरिक सम्पर्कबारे मुम्बई उच्च अदालतले एउटा महत्वपूर्ण आदेश गरेको छ। हिन्दू कानुनको अधिनमा रही अदालतले सुनाएको फैसलाअनुसार महिला र पुरुष एकरात सँगै सुत्नु अथवा उनीहरुबीचको शारीरिक सम्पर्क भएकै भरमा त्यो विवाह ठहर हुने छैन। विवाह नगरी त्यस्तो सम्बन्धबाट जन्मिएका सन्तानले पिताको सम्पतिमा अधिकार राख्न नसक्ने अदालतको आदेश छ। परम्परागत रुपमा समारोहबीच वैवाहिक कार्यक्रम… Read More »

अफगान सैनिकको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु

काबुल, जेठ २८ । अफगानिस्तानमा अफगान सैनिकले गोली प्रहार गरी तीन अमेरिकी सेनाको हत्या गरेका छन् । हेलमन्द प्रान्तमा रहेको आचिनमा संयुक्त अभ्यासका क्रममा अफगान सैनिकले अमेरिकी सैनिकमाथि गोली प्रहार गर्दा ती सैनिकको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अर्का एक अमेरिकी सैनिक घाइते भएका छन् । हत्या गर्ने अफगान सैनिक पनि जवाफी कारबाहीमा मारिएका… Read More »

दुलहीजस्तै सजाइँदै मेसीको सहर

रोसारियो- फुटबल स्टार लियोनल मेसीको घरेलु सहर अहिले उनी र उनकी बाल्यकालदेखिकी प्रेमिका एन्टोनेल्ला रोकुजोको विवाह समारोह लागि दुलहीजस्तै सजाइँदै छ। यसै महिनाको अन्त्यमा हुने उक्त विवाह समारोहलाई दक्षिण अमेरिकामा दशककै विवाहको रूपमा हेरिएको छ। कोलम्बियन पप गायिका तथा मेसीको टोली सहयात्री जेरार्ड पिकेकी श्रीमती साकिराले पनि मेसीको विवाहमा उपस्थित हुने आशा व्यक्त गरेकी छन्। साकिराले… Read More »

कतार स्थित नेपाली दुताबासले जारी गर्‍यो कामदार फिर्ता पठाउने बारे औपचारिक धारणा

जेष्ठ २७, २०७४- खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरूले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन् । ‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरूको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन,’ खाडीस्थित नेपाली दूतावासहरूले परराष्ट्रलाई दिएको जानकारीमा… Read More »

कतारमा नाकाबन्दी- कतारको बजारमा टर्कीको दूध-दही

जेष्ठ २७, २०७४- कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति गरेको छ । साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा गरेको हो । साउदी अरवले गत सोमबार बिहानदेखि कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदसँगै सीमा नाका बन्द गरेको थियो । ‘सबैभन्दा पहिलो चिन्ता नै दूध-दही कसरी पाइन्छ भन्ने चिन्ता थियो । यो एकदिन… Read More »